ईश्वर पान्डेको पञ्चे बाजा गीत 'अस्लेवाको गाउँ' रिलिज

दर्शन सुनार/कतार : कलाकार ईश्वर पाण्डेको नयाँ गित रिलिज भएको छ। बुधबार ‘अस्लेवाको गाउँ’ बोलको पन्छे बाजा गीत ईश्वरले युट्युवमा रिलिज गरेका हुन्। गीतमा ईश्वर पाण्डे र सुनिता बुढाको सुमधुर आवाज सुन्न पाइन्छ । ईश्वरकै शब्द अनी वसन्त थापाको संगीत रहेको गीतमा एचबिएन किस्मतको संगीत संयोजन रहेको छ । गीतमा अस्लेवा गाउँको वर्णन गरिएको छ। सुन्दर गाउँमा गएर छायांकन गरिएको भिडियोलाई अजय रेग्मीले आकर्षक फ्रेममा खिचेका छन । यशु भट्टराई, तेजश

आजबाट दयाहाङ अभिनित दुई सिनेमा 'हात्तीछाप' र 'दयारानी' हलमा

काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल,

कतार आइपुगे दुर्गेश थापा

दर्शन सुनार/कतार : लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा कतार आईपुगेका छन्। सांगीतिक कार्यक्रमको लागि दुर्गेश बिहीबार कतार आइपुगेका हुन्। दोहाको मुटुमा रहेको आईभोरी होटेलको चौथो तलामा अवस्थित भ्यालभेट लन्ज एन्ड क्लबले आयोजना गरेको “भ्यालभेट नाईट” क्लबमा दुर्गेशले आफ्नो प्रस्तुति दिनेछन्। थापाको स्वागतका लागि कल्ब संचालक उत्तम गुरुङ र कार्यक्रम संयोजक तिलु शर्मा पौडेल हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए। सांगीतिक साँझमा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन भ्यालभेट नाईट क्लबले

‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा

काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन । यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए । चैत्र महिनाबाट

रुस्तम र निरुलाई 'गैर आवासीय नेपाली तारा २०२३'को उपाधि

दर्शन सुनार/कतार : रुस्तम तामाङ र निरु श्रेष्ठले ‘गैर आवासीय नेपाली तारा-२०२३’को उपाधि चुम्न सफल भएका छन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट रुस्तमले गायन विधाको र निरुले नृत्य विधाको उपाधि चुमेका हुन्। गायन विधामा फर्स्ट रनरअप चाहि सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भए। फिनालेमा अतिथि निर्णायकको लागि आयोजकले लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठलाईलाई

'गैर आवासीय नेपाली तारा-२०२३ सिजन ४' को ग्राण्ड फिनाले शुक्रबार हुँदै

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ कतार र तमु (समाज) कतारको संयुक्त  आयोजनामा आयोजित “गैर आवासीय नेपाली तारा २०२३ सिजन ४” को ‘’ग्राण्ड फिनाले’’ शुक्रबार हुने भएको छ । अल रैयानमा अवस्थित लुक्तामा रहेको ट्युनिसियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने फिनालेको लागि  नेपालबाट अतिथि निर्णायकको भूमिकामा चर्चित गायक राम कृष्ण ढकाल  र चर्चित नायिका तथा नृत्यङ्गना  पुर्णिमा श्रेष्ठ कतार आउने भएका छन्। फिनाले प्रवेश गरेका गायन

एमाले अध्यक्ष ओली फिल्म खेल्दै, प्रधानमन्त्रीको भुमिकामा देखिने

काठमाडौं । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । उनी रियलमा नभएर ‘रिल’मा प्रधानमन्त्रीको भूमिकामा देखिने भएका हुन् । आज आइतबार नेपाली फिल्म ‘नमेटिने घाउ’को निर्माणको घोषणा गरिएसंगै फिल्ममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलीकै प्रमुख आतिथ्यमा भएको

नेपाली कलाकारलाई कतारमा सम्मान

दर्शन सुनार, कतार : नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन  कतार पुगेका चार जना राष्ट्रिय कलाकारहरु एकै साथ सम्मानित भएका छन्। सांगीतिक प्रस्तुति दिन कतार पुगेका गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुँवर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर सम्मानित भएका हुन्। स्याङ्जा सहयोग समाज कतार र लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारले संयुक्त रुपमा बुधबार साझँ

राजेश पायलको 'ब्याक किक' चर्चामा

काठमाडौं : यतिबेला लोकप्रिय गायक राजेश पायल राई फेरि विवादमा तानिएका छन्।राजेशले  स्टेजमा एक व्यक्तिलाई ‘ब्याक किक’ गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ। भिडोयोमा राजेशले गाउँदै गर्दा पछाडि आएका एक जनालाई बेस्सरी लात्तीले हिर्काउँछन्। राजेशको लात्ती खाएका व्यक्ति चाहिँ आफ्नो खुट्टा छाम्दै स्टेजको कुनातिर लाग्छन्। अहिले राजेशक यस्तो हर्कतको चर्को आलोचना भइरहेको छ। यो भिडियो कहाँ र कहिलेको हो ? भन्ने कुरा चाहिँ केही खुल्नमा आएको छैन। यद्यपि

चलचित्र छायांकनको लागि बाँकेका सम्भावित स्थानहरुको बारेमा अन्तरक्रिया

नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासंग आज आइतबार अन्तरक्रिया गरेको हो। गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके- बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सन्चालक लगायतसँग अन्तरक्रिया गरिएको हो । बाँकेको डुडुवा गाउँपालिकाको कम्दि नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका