सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित
काठमाण्डौं : नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’ लाई यम शेर्पाले निर्देशन गर्दैछन । चलचित्रमा दयाहाङ राई र नव–नायिका छिरिङ शेर्पा फाइनल भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथामा निर्माणको तयारीमा रहेको चलचित्रमा नायिका सुरक्षा पन्त फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुन लागेको निर्देशकले जानकारी दिए