फिल्मी समाचार

‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र  ‘ज्वाइँ साब’ कसले मार्ला बाजी

काठमाडौं । असोज २४ गते रिलिज हुने तीन चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को प्रि–बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआईलगायत हलले प्रि–बुकिङ खुला गरेका हुन् । चलचित्र रिलिज भएसंगै बाजी कसले मार्छ चासोको बिषय बनेको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा सबैभन्दा धेरै शो ‘छक्का पञ्जा–५’ले पाएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएको छ

दर्शकको राम्रो साथ पाएको ‘बेहुली फ्रम मेघौली’ पाइरेसीको मारमा

काठमाण्डौं । घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले हलमा चलचित्रका दृश्यहरूलाई खिचेर टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् । समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई रोचकशैलीमा चलचित्रले प्रस्तुत गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतको लगानीमा बनेको फिल्ममा मुख्य भुमिकामा पनि निश्चल र स्वस्तिमालाई देख्न सकिन्छ ।

‘एक्टर’मा देखिए राजबल्लभ र प्रदिप फरक भुमिकामा

काठमाडौं । चलचित्र ‘एक्टर’बाट अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइराला र  प्रदिप खड्काको क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको पहिलो पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देखिन्छ ।  दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही चलचित्रबाट १० वर्षपछि पुनरागमन गर्दै छन्

नीताको ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा रिलिज हुने

काठमाण्डौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ तिहार लगत्तै कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको मुख्य अभिनय रहेको छ । नेपालबाट नीता ढुंगाना,हरिहर अधिकारू,सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, रविन्द्र झा, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङ, आदर्श मिश्र आदिको अभिनय रहेको छ भने भारतबाट ब्रह्मानन्दम, अली,प्रदीप

विराजको ‘१२ गाउँ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको ‘१२ गाउँ’को टिजरबाट चलचित्र बदलाको कथामा बनेको बुझ्न सकिन्छ । फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीर

‘ज्वाई साब’को फस्टलुक सार्वजनिक

काठमाण्डौं । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘ज्वाइँ साब’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २४ गते फूलपातिको दिन पारेर प्रदर्शन मिति समेत तय गरेको छ ।  सार्वजनिक गरिएको पोस्टरमध्यको जितु नेपाल र नीति शाहलाई बेहुलाबेहुलीको अवतारमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा जितु नेपाल, नीति शाह, बुद्दी तामाङ र हिमेस पन्तलाई देखाइएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको चलचित्रको एक

प्राबिधिक कारणले ‘आँखा’ को प्रदर्शन रोकियो

काठमाण्डौं । असारको १४ गते शुक्रबारदेखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’ तोकिएको समयमा प्रदर्शन नहुनेभएको छ । जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको केही प्राविधिक कारण देखाउँदै निर्माण टिमले असार १४ गते पोस्टपोन्ड गरेको हो । रिलिज हुने नयां मिति एक सातामा फाइनल गरिने निर्देशक योञ्जनका बताए ।  लामा सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा र लगानी रहेको छ ।  सामाजिक कथामा निर्माण गरिएको चलचित्रमा

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

नेपाल आए लगत्तै गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

कञ्चनपुर । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका

जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ भिड्दै

काठमाण्डौं । आगामी जेठ १० गतेबाट बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आउने भएका छन । सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएसंगै दर्शकको राम्रो प्रतिकृया पाएको छ । रोहित अधिकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। अनमोल केसी र  जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क रहेको निर्माण पक्षले बताएको छ