शक्ति बाँडफाँट मिले सरकारमा सहभागी हुने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा