आजबाट दुई राज्यमन्त्रीको पद रिक्त हुँदै
काठमाडौं । वर्तमान सरकारका दुई राज्यमन्त्रीको पद आज राति १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । उनीहरू आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदा हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक