राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापान जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान जाँदै छन् । राति १० बजे प्रचण्ड नेतृत्वको टोली जापान भ्रमणका लागि प्रस्थान गर्नेछ । बिहान सम्पन्न ५ दलीय गठबन्धनको बैठकले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको थियो ।

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । बैठकमा मंसिर ४ को चुनावमा गठबन्धन दलहरुबीच हुने भागबण्डाका विषयमा छलफल सुरु हुने काँग्रेस नेता रामचन्द्र पौडेलले बताए । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ । सरकारले बिहीबार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धन छलफलमा जुटेको हो ।

मतदाता नामावली संकलन स्थगित

काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ । चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाको भबोलीसम्म संकलन गरिने उनले बताए । यसैबीच २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनयता २७ लाख मतदाता थपिएका छन् । योसँगै अहिले १ करोड ८१

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौ । नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए । सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे

मन्त्रिपरिषदको बैठक सुरु, प्रतिनिधिसभा चुनाव मंसिर ४ गते

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । १ बजे सुरु भएको बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । आजको मन्त्रीपरीषद बैठकमा गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको ती मन्त्रीले बताए ।

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विभिन्न बिद्येयक प्रस्तुत हुने सम्भावित कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ । जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर

भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।   काठमाडौं महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।   संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै

समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेतापनि माओवादी केन्द्रले त्यस विषयमा छलफल नगरेको जानकारी दिए ।   अहिलेको अवस्थामा वर्तमान गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने र अहिले गठबन्धनको विकल्प नरहेको उनले बताए । उनले भने, प्रचण्डले भने, ‘यो गठबन्धन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । सत्तारुढदल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।   आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।   नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ,

सरकारले कुनै पनि सैन्य सम्झौता गर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि सैन्य सम्झौता नगर्ने बताएका छन् । विहीबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा २१औं रितबहादुर खड्का स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले स्टेट पाटनरसिप प्रोग्राममामा हस्ताक्षर हुन लागेको भनेर गलत प्रचार गरिएको बताए । ‘राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो हिजोआज पनि एसपीपी सम्झौता भइ नै सक्यो रे भनेर प्रचार गरिदैछ । त्यो विल्कुल झुटो हो,’