सरकारले कुनै पनि सैन्य सम्झौता गर्दैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि सैन्य सम्झौता नगर्ने बताएका छन् । विहीबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा २१औं रितबहादुर खड्का स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले स्टेट पाटनरसिप प्रोग्राममामा हस्ताक्षर हुन लागेको भनेर गलत प्रचार गरिएको बताए । ‘राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो हिजोआज पनि एसपीपी सम्झौता भइ नै सक्यो रे भनेर प्रचार गरिदैछ । त्यो विल्कुल झुटो हो,’