आज रुस र युक्रेनवीच वार्ता हुँदै
काठमाडौं । रुस र युक्रेनबीच सोमबार नयाँ चरणको वार्ता हुने भएको छ । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने