राजनीति

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको

देश तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूलाई सकाएर बन्छ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने भन्दै दलहरुप्रति ब्यंग्य हानेका छन् । आगामी २०८४ सालमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका राजनीतिक दलहरुलाई लक्षित गर्दै उनले कवितात्मक शैलीमा मिसन ८४ ले देश नबन्ने र नेताहरूलाई सकाएर मात्र देश बन्ने बताएका हुन् । र्यापरसमेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ ।’

चिसोले जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका- ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको नलगाड- ८ का वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । भूकम्पबाट घर भत्किएपछि त्रिपनलमा बस्दै आएकी उनको आज (सोमबार) मृत्यु भएको वडाअध्यक्ष सिंहले बताए । चदाराले एक महिना अघि छोरीलाई जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर

अध्यक्ष तिमिल्सिनासंगै सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जादै

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्ट्रेलिया जाँदै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट

आन्दोलनलाई सम्बोधन गर्न  सिफल पुगे अभियन्ता प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्न सिफल पुगेका छन् ।उनी प्रहरीको स्कर्टिङमा आन्दोलन स्थिल सिफल पुगेका हुन् । प्रसाईं नेतृत्वमा बिहिबार (मंसिर ७ गते) काठमाडौंको बल्खुमा विशाल आन्दोलन गरेपछि शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न सिफल पुगेका हुन् । प्रसाईं नेतृत्वको कार्यकर्ताले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेकाछन् । कार्यक्रम स्थलमा

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप २ जना घाइते

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच काठमाडौंको बल्खुमा भएको झडपमा परि २ जना घाइते भएका छन् । प्रदर्शन स्थल आउने क्रममा युवा संघका कार्यकर्तामाथी प्रसाई नेतउत्वको कार्यकर्ताले ढुंगामुडा गरेपछि भएको झडपमा परि दुई जना घाइते भएका हुन् । घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन आज

काठमाडौं । आज दुईवटा समूहले काठमाडौंमा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्नेछ भने युवा संघले काठमाडौंको तीन कुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यससँगै तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सोमबार जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म

चीनले झण्डै ४० करोडको राहत सामग्री बुझायो

पोखरा। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् ।   चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री  उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् ।  राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर

संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।