प्रदेश कर्मचारीका लागि प्रदेश अस्पताल
बुटवल । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुका छोराछोरीका लागि प्रदेश सरकारले छुट्टै निजामती विद्यालयको व्यवस्था मिलाउने भएको छ । मंगलबार प्रदेश सभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशमा कार्यरत कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामती विद्यालयको व्यवस्था मिलाइने बताएका हुन् । यस्तै कर्मचारीको स्वास्थ्योपचारको लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पतालको पनि व्यवस्था गरिने बताएका छन् । नीति कार्यक्रम वाचन गर्दै उनले भने-‘राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशमा