विशेष समाचार

बिनु यादवले दुइ साता पछि तोडिन अनसन

काठमाडौं । माइतीघर मण्डलामा १५ दिन देखी अनसनरत बिनु यादवले आफनो अनसन तोडेकी छिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमति पछि बिनु यादवले अनसन तोडेकी हुन् । गत बैशाख २७ गते देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन् । तर, बुधबार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै

उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा

काठमाडौं । बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्री महतोको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हितहुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्रीको प्रतिवद्धता बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शुन्य सहनशिलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगाएतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।  नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।

शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य

बढुवा भएका एसपीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा हालै प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका २२ मध्ये २१ जनाले दर्ज्यानी चिह्न लगाएका छन्। नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को जेठ ५ गतेको निर्णयले बढुवा भएका उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। दर्ज्यानी चिह्न लगाउनेहरूमा एसपीहरू गौतमकुमार केसी, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक,

लाइसेन्स नभएका दुई पाङ्ग्रेका चालकले दुर्घटना गराए लापरबाही नहुने

काठमाडौं । सर्वोच्च अदालतले दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनालाई लापरबाही मान्न नसकिने बताएको छ । सर्वोच्चका ५ जना न्यायाधीश सम्मेलित पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनाबारे नयाँ नजिर स्थापना गरेको हो । सर्वोच्चले दुई पाङ्ग्रेका चालकको लाइसेन्स नहुँदा पनि सवारी चलाएर दुर्घटना भए त्यसलाई ‘लापरबाही’ मान्न नसकिने सोमबार जारी पूर्णपाठमा उल्लेख छ । न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार

मुल्य नपाएपछि बारीमै सुक्यो बन्दागोभी

धोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन । चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ । एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न

बुद्ध एयरको जहाजमा मुसा, उडान स्थगित

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ । बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो । आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौँ ल्याएको र जहाजलाई थप निरीक्षण

१६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको ठगी प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन