‘जारी ट्रेलर’मा श्रीमानश्रीमतीबीच उत्पन्न हुने दरार
आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को ट्रेलरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको