विशेष समाचार

नेपालगन्जमा नयाँ सुरुवात : 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु

नेपालगन्ज : नेपालगन्जमा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु भएको छ। आदर्श माध्यमिक विद्यालय नेपालगन्जको अयोजनामा बिहीबारदेखि नेपालगन्जको रंगशालामा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु गरिएको हो। विद्यालय स्तर अन्तर्गत खेल जगतमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’मा १२ वटा खेलहरु सम्पन्न हुनेछन् । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन समारोहलाई रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनको दिन बिहिवार नेपालगन्ज रंगशालामा दौड र फुटबल , कभर्ड हलमा ब्याडमिन्टन

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।  पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै परिणाम आउने

काठमाण्डौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको गणना सुरु गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । उनीहरूको मतदान पनि छुट्टाछुट्टै स्थानमा गरिएको थियो । आज मतगणना सार्वजनिक गरिनेछ । विजयी उमेदवार आज प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

वैवाहिक बन्धनमा बाँधिइन अभिनेत्री सुरक्षा पन्त

काठमाडौ : अभिनेत्री सुरक्षा पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी मानव सुवेदीसँग लगन गाँठो कसेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि दुईले प्रेमलाई बिहीबार विवाहमा परिणत गरेका हुन्। सुरक्षाले स्वयम्वरको फोटो सामाजिक सञ्जालमा शेयर समेत गरेकी छन्। परिवार र नजिकका आफन्तको मात्र उपस्तिथिमा सुरक्षाको विवाह चितवनको सौराहामा सम्पन्न भएको हो।

भारतीय कलाकार सतीश कौशिकको निधन

निर्देशक तथा कलाकार सतीश कौशिकको निधन भएको छ । उनको बिहिबार बिहान साढे १ बजे अस्पतालमा निधन भएको भारतीय  मिडियाले उल्लेख गरेका छन् । उनको निधन हृदयघातका कारण भएको हो । दिल्लीको एक पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका सतीशको राती स्वास्थ्य अवस्था बिग्रिएको थियो ।  अस्पताल पुर्याए लगतै उनलाई डाक्टरले मृत घोषित गरेका थिए । उनको शवलाई दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । ६६ सालको उमेरमा बलिउडका चर्चित कलाकार सतीशको निधन

राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ बजे भित्रै सार्वजनिक हुने

काठमाडौं । नंया राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज (बिहिवार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद् अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ काम

राप्रपाले राष्ट्रपति उम्मेदवारलाई भोट नहाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार राष्ट्रपति चयनका हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो । बुधबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामै सहभागी नहुने निर्णय

एआइजी बढुवाबारे प्रधानमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा बढुवाबारे प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। बढुवामा सहमति नहुँदा लामो समयदेखि प्रहरीमा एआइजीका पाँच दरवन्दी रिक्त छन् । ती पदमा बढुवाका लागि बुधबार गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रचण्डसँग आइजिपीले छलफल गरेको बालुवाटार स्रोत बताउँछ । वरियतामा डिआइजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै, सन्दीप भण्डारी,

'पशुपति प्रसाद २ : भष्मे डन'को डिजिटल राइट्स ९५ लाखमा बिक्री

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को डिजिटल राइट्स महंगो मुल्यमा बिक्री गरिएको छ। फ्लोरमा नजाँदै सिनेमाको डिजिटल राइट्स ९५ लाखमा बेचिएको छ। निर्माण टिमले ओएसआर डिजिटललाई डिजिटल राइट्स बिक्री गरेको हो। खगेन्द्र लामिछानेको लेखन एवम् निर्माणमा बन्ने यो सिनेमा आउँदो वर्षको दशैंमा रिलिज गरिने बताइएको छ। हाल यस् सिनेमाको लागि विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का लगायतका कलाकार निर्माण

सरकारले गर्‍यो अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक दललाई स्वागत

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका छन् । काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि रासससँग कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा