पल्सर स्पोर्ट्स अवार्ड आज
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा आज (मंगलबार) पल्सर स्पोर्ट्स अवार्ड २०७८ हुँदैछ । हरेक वर्ष हुँदैआएको यस वर्षको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि शुरु हुनेछ । मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दैछ । मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै