विशेष समाचार

सोमालियामा ५० लाख नागरिक खाद्य सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय

रास्वपाको चुनाव चिह्न फेरियो, गोलाकार हटाएर घण्टी मात्रै राखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पार्टीको चुनाव चिह्न फेरिएको बताए । ‘गोलाकार हटाएका छौँ । अब चुनाव चिह्न घण्टी मात्र रहन्छ,’ उनले भने ।  यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न थियो । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाउन लागेको हो । क्यानका म्यानेजर विनोद दासका अनुसार सन्दीपको भिसा पनि आइसकेको छ । विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ ।  विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप यसअघि नेपाली राष्ट्रिय टिमसँग जानबाट बञ्चित भएका थिए । तर, सर्वोच्चले आइतबार उनको

नेपाल प्रहरीका १३९ इन्स्पेक्टरको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । हेर्नुस् काज सरुवा सूची :

मलेसियामाथि सानदार जितसँगै नेपाल विश्वकप नजिक

काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको थियो । नेपालले ९ ओभारमा कुनै पनि विकेट नगुमाई उक्त लक्षय पूरा गर्यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९

सात सहसचिवको सरुवाः पाल्पा र बर्दियाका सिडिओ फेरिए

काठमाडौं ।  गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । दुई जिल्लाका सिडिओ पनि फेरिएका छन् । गृहमा कार्यरत नारायण रिसाललाई बर्दिया तथा बर्दियामा कार्यरत बन्धुराज बाँस्तोलालाई पाल्पाको सिडिओ बनाइएको छ । पाल्पाका सिडिओ जगन्नाथ पन्तको गृह मन्त्रालयमा सरुवा भएको छ ।त्यस्तै, अध्यागमन विभागमा झलकराम अधिकारीलाई पठाइएको छ । गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रुद्र तामाङ तथा नीति योजनामा रुद्रादेवी शर्माले जिम्मेवारी पाएका छन् ।

हामी सरकारबाट बाहिरिँदैनौं: अध्यक्ष सिके

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने बताएका छन् । आज (मंगलवार) काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् । जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उनले बताए । उनले भने, ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । सरकारबाट बाहिरिने कुनै

राष्ट्रपति चुनाव : आज अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशति गर्ने कार्यतालिका रहेको छ । त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार

खादा मालासहित पल शाहलाई गरियो रिहा

काठमाडौं : नायक तथा मोडल पल शाह रिहा भएका छन् । पल आज सोमबार रिहा भएका हुन् ।नाबालिक बालिका बलात्कार आरोपमा करिब १ वर्षदेखि जेलमा रहेका थिए। रिहा भएपछि पल खुशी देखिएका छन् । हजारौं शुभचिन्तकले मुद्दा जितेकोमा बधाई दिएका छन् । उच्च अदालत पोखराबाट पलले आइतबार सफाइ पाएका हुन् । दाबी अभियोग नपुगेको भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई सफाइ दिएको हो।

महिला टि२० विश्वकपको उपाधी अष्ट्रेलियालाई

एजेन्सी – अस्ट्रेलियाले आईसिसी महिला टि२० विश्वकप २०२३ को उपाधि जितेको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अष्ट्रेलियाले छैटौं पटक महिला टि २० विश्वकपको उपाधी जितेको हो । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३७ रन बनायो । दक्षिण अफ्रिकाको लागि ओपनर लौरा वोल्भार्डटले ४८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६१