विशेष समाचार

प्रधानमन्त्री प्रचण्डको काँधमा आठ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा ८ वटा मन्त्रालयको जिम्मेवारी आएको छ । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मन्त्रीले राजिनामा दिएसँगै रिक्त भएको मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा आएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय

पल शाहलाई उच्च अदालत पोखराले  दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल आज (सोमवार) जेलबाट रिहाइ हुदैछन । बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका

प्रधानमन्त्रीले चैत दोस्रो साता सम्म विश्वासको मत लिनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १२ गते भित्र प्रतिनिधिसभाबाट पुन: विश्वासको मत लिनुपर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिनुपर्ने भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत अर्को ८ दलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको हो । राप्रपाको शनिबार बसेको केन्द्रिय कार्यसम्पादन समिति

के सम्भवको प्रेममा छिन् शृङ्खला ?

नेपाली मनोरञ्जन र फेसनको बजारमा विगत केही महिनादेखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा संभव सिरोहियाको प्रेममा रहेको चर्चा चलिरहेको थियो । भ्लगर सिसन बानियाँसँग ब्रेकअपपछि श्रृङ्खला र संभवको प्रेम चर्चा सुरु भएको हो ।  यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको  प्रेम चर्चामा बल मिलेको छ । संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा

पत्रकार मनोज हितंगाको मृत्यु

बुटवल ।बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ । गए राति मिलनचोकमा लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।

राप्रपाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

मकवानपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राप्रपा संसदीयदलका नेता उद्धव थापाले शनिवारवाटै सरकार छाड्ने घोषणा प्रदेशसभाको बैठकमा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्नेघोषणा गरेका हुन् । उनले औपचारिकरुपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिकरुपमा शनिबार नै राजीनामा बुझाउने बताएका छन् ।उनले प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने बताए । उनले राप्रपाले संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीयतह निर्माण राप्रपाको एजेन्डा भएको बताए । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।

कुवेतमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको शानदार जित हासिल गरेको छ । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा नेपालले शानदार जित हात पारेको हो । युएईको मलेक क्रिकेट ग्रउन्डमा शनिबार भएको खेलमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०–५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतलाई १०० रनमा अलआउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए भने

बालेन शाहलाई राजिनामा दिन दबाब दिने को हुन् ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्। मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन । ‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’  शाहले भनेका छन।  तर, उनले  कसले राजीनामा दिन लगाउन खोजेको हो त्यो भने केही खुलाएका छैनन् ।  अचानक देखा परेको मेयर शाहको यो स्टाटसले तरंग उत्पन्न गर्ने

दुई महिना अघि बाँकेमा देखिएको दादुरा संक्रमण ९ जिल्लामा पुग्यो

काठमाडौं।  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो  । उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आजबाट एकीकृत कारोबार सुरु

काठमाण्डौ ।हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। प्रप्त्तिपछि “हिमालयन बैंक लिमिटेड” नामबाट “क” वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैँकले एकीकृत