विशेष समाचार

प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा चुनावको परिणाम आएको भोलिपल्ट बुधबार उनले राजीनामा दिएका हुन् ।  उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीको सत्ताधारी गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाए पनि भाजपाले भने बहुमत पाएको छैन । 

चाबहिलमा ५५ वर्षीय पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउदा ५ जना घाइते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् ।  बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।ज घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपीले बताए । घरायसी झगडा र मादक पदार्थ सेवन

यार्सा टिप्न गएका २ जनाको मृत्यु

मुगु : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक

गर्मिका कारण नेपालगञ्जका विद्यालय जेठ ७ गतेसम्म बन्द

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।  अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।  विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नेछन् । बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनेछन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आज १७ औँ गणतन्त्र दिवस

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार १७ औँ गणतन्त्र दिवस, देशभर मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६

प्रहरीका १ सय ४९ प्रहरी निरीक्षक दीक्षित

काठमाडौं । नेपाल प्रहरीका १ सय ४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आज शुक्रबार दीक्षित हुनेमा आधारभुत तालिम पुरा गरेका १ सय ३१ जना पुरुष र १८ जना महिला रहेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।