विशेष समाचार

नबिल बैंकद्वारा प्रहरीलाई २० थान मोबाइल प्रदान

काठमाण्डौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई सामसुङ मोबाइल हस्तान्तरण गरेका थिए ।

ज्यान मार्ने उद्योगमा वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी

काठमाडौं  । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी दिएका छन् । बुधवार अदालत परिसरमा आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललितकुमार केसी पक्राउ गरिसकेको छ । सीसीटीभी फुटेज हेरेर घटनामा संलग्न

बिहानैदेखि हुम्लामा हिमपात

सुर्खेत । सिमकोटमा हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताइन् । नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो

‘कार्साङ’ले गर्‍यो ६ दिनमा एक करोड ४५ लाख कलेक्सन

काठमाण्डौं : शुक्रबारबाट रिलिज भएको चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।  सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरकले जनाएको छ । माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ ।बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ । चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् । चलचित्र ‘कार्साङ’मा दयाहाङ

मन्त्रीहरूलाई देउवाको भने – दुई दलको सहमतिअनुसार काम गर्नुस

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई दुई पार्टीबीचको सहमतिअनुसार काम गर्न निर्देशन दिएका छन् । बुढानीलकण्ठस्थित आफ्नै निवासमा संसदीय दल कार्यसमितिको बैठक राखेर देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘सभापतिज्युले सबै मन्त्रीको कामकारबाहीबारे जानकारी लिनुभयो । साथै, उहाँले दुई दलको सहमतिअनुसार काम गर्नुस् भनेर निर्देशन दिनुभएको छ ।’ ‘एमाले र काङ्ग्रेसबीच भएको सात बुँदेअनुसार सरकार अघि लैजाने भन्ने कुरा भयो ।

नेपालका लागि एम्सको दुतमा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नियुक्त

नेपालगंज : विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुतमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो

लुम्बिनी कप महिला फुटवल सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

नेपालगन्ज । आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश मल्ललाई प्रदान गरिएको छ। वरिष्ठ फोटोग्राफर समेत रहेका मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुन् । यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज

सरकारलाई ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले सरकारलाई ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज बिहीबार प्रमाणीकरण भएको हो ।  संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकाले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल

युवतिद्धारा भेरी नदीमा हामफाली आत्महत्या प्रयास, सशस्त्रले गर्‍यो जिवितै उद्धार 

सुर्खेत : सुर्खेतको मेहलकुनास्थित भेरी पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेकी युवतीको सशस्त्र प्रहरी निरीक्षकको टोलीले जिवितै उद्धार गरेको छ । मेहलकुनामा जारी शुभाघाट मेला हेर्न आएकी युवतीले गुर्भाकोट नगरपालिका वडा नन्बर ८ र १३ जोड्ने भेरी नदीको पक्की पुलबाट आज (बुधवार) सांझ ७ बजे हामफाली आत्महत्या प्रयास गरेकी थिइन । गुर्भाकोट -१३ बस्ने १६ बर्षिया सम्झना बुढा पुलबाट नदीमा हामफालेको देख्नासाथ सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको कमाण्डमा खटिएको टोलीले नदीबाट

शुक्लाफाँटामा कृष्णसारको संख्या २ सय ८८ पुग्यो

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको संख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।