किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना समेत प्रकाशित गरेका छन् । रोजगारीको सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् । पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो ।