विशेष समाचार

बाढीले मनाङको सिङ्गो बस्ती बगायो

मनाङ । नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन। तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी

गण्डकीमा विपक्षी गठबन्धनको भागभण्डा मिल्यो, मन्त्रालय तोक्न बांकी

पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको नयाँ सरकार बनेसँगै कुन दलको भागमा कति मन्त्रालय भन्ने टुंगो लगाएको छ । मुख्यमन्त्रीसहित ११ मन्त्रालय रहेको प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले चार–चार मन्त्रालय पाएको छ । यस्तै, जनता समाजवादीले दुई मन्त्रालय पाउने भएको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् भने अब थप दुई मन्त्री थपिँदैछन् । यस्तै, सत्ता गठबन्धनको अर्को हिस्सेदार

नेकपा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार नेता खनालको स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको बताएका छन् । नेता खनालको लगातार आईरहेको ज्वरो रोकिएको छ । चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । खनालको स्वास्थ्य अवस्था ठीक खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ।

शुक्रबार आएको बाढीले मेलम्चीमा फेरी त्रास

काठमाडौं । विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । योमंगलबार क्षति पुर्‍याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्‍याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो

केहि दिन मनसुन कायमै, सतर्क रहन अनुरोध

काठमाडौं ‌। अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भने, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।” उनका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै

नेकपाको आन्तरिक विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए । एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

दुई चिनियाँ सहित एक भारतीय नागरिकको शव फेला

सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक

ओली सरकारमा सहभागी सबै मन्त्री पार्टी सदस्यसमेत नरहने गरी जसपाबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट जनाएकाे हाे । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले निर्वाचन

शान्ति मिसनमा नेपालको ऐतिहासिक उपलब्धी

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेको छ । शान्ति मिसनमा सेना-प्रहरीको संख्याको हिसाबले नेपाल तेस्रो स्थानमा उक्लिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ५ हजार ६ सय ८६ जना कार्यरत छन् । बंगलादेश र रुवान्डापछि नेपाल तेस्रो स्थानमा उक्लिएको हो । छिमेकी देश भारत पाँचौ स्थानमा छ । नेपालले शान्ति मिसनमा बहादुरीका साथ उत्कृष्ट काम गरेकाले राष्ट्रसंघले नेपाललाई ठूलो अवसर दिएको हो ।

दाङमा बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । सामान्ने घराएसी बिबादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि सक्त घाइते