मुख्यमन्त्री गुरुङ्गले पाएनन विश्वासको मत, गुम्यो मुख्यमन्त्री पद
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद गएको छ । बिहीबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै गुरुङको मुख्यमन्त्री पद स्वतः गएको हो । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे