कर्णाली सरकारमा सहभागी हुने दुई सांसदको नाम कांग्रेसले टुंगो लगायो
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना सांसदको नाम टुंगो लगाएको छ । संसदीय दलको शनिबार बसेको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सांसद बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकिएको जानकारी दिए । सरकारमा सहभागी