विशेष समाचार

नेपाल प्रहरीको एफपीयु बन्द हुँदा सशस्त्रको थपियो

काठमाडौं । नेपाल प्रहरीको सुडान एफपीयु बन्द हुँदा राष्ट्रसंघले सशस्त्र प्रहरीलाई भने थप अर्काे एफपियु दिने तयारी गरेको छ । सशस्त्र प्रहरीका हाल दक्षिण सुडानमा दुई वटा एफपियु परिचालित छन् । दुई वर्षअघि नै अर्काे एफपीयुका लागि तयारी थालिएको र राष्ट्रसंघको टोली केही हप्तापछि निरीक्षणमा आउन लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी राजु अर्यालले बताए । सशस्त्र प्रहरीले करिब ३० करोड खर्च गरेर दुई वर्ष अघि नै एपीसी लगायत बन्दोबस्तीमा

महन्थ पक्षका ६ कार्यकारिणी समिति सदस्यहरुको उपेन्द्र समुहलाई साथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ। पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन

चुरे दोहन गरेर ढुंगा, गिटी, बालुवा भारत निर्यात गर्ने सरकारको योजना

काठमाडौं । चुरे दोहन गर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको सरकारले संरक्षणका लागि दाता पनि गुहारिरहेको छ  । संयुक्त राष्ट्रसंघ मातहतको हरित जलवायु कोष (जिसिएफ)को चार अर्ब ६७ करोड ८० लाख रुपैयाँ सहयोगमा सरकारले आगामी साउनबाट ‘चुरे उत्थानशील कार्यक्रम’ सञ्चालन गर्दै छ । ११ जिल्लाका २६ वटा नदी प्रणालीमा आधारित रहेर सञ्चालन हुने यो कार्यक्रममा सरकारले ९१ करोड २० लाख रुपैयाँ थप्नेछ । कार्यक्रम पाँच वर्षसम्म सञ्चालन

सुडान मिसन पनि वन्द भएसँगै प्रहरीलाई शान्ति मिशनको अवसर कम हुँदै,

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू)का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ । सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि

काठमाडौं उपत्यकामा आजदेखी निषेधाज्ञा खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।आजदेखि जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याउने तर पहिलेभन्दा केही खुकुलो बनाउने निर्णयअनुसार आजबाट निषेधाज्ञा लागू गरिएको हो। काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले बुधवार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी बिहान ९ बजेसम्म खोल्न दिने गरी मोडालिटी तयार गरेको छ । यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी

अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । गत

कर्णाली प्रदेशमा कांग्रेस दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो । संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । ‘आर्थिक वर्ष २०७८/७९ को

नासाले शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने

एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा

युरो कपको खेल तालिका नेपाली समयअनुसार यस्तो छ (तालिका सहित)

एजेन्सी – विश्वमा निकै नै लोकप्रिय क्लब फुटबलको यो सिजन सकिदैछ । तर, क्लब फुटबल सकिने संघारमा रहँदा अब सबैको ध्यान  युरो कपमा रहनेछ । गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । युरोपियन

नेकपा एमालेमा ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच विवाद चलिरहेकै बेला आज छुट्टाछुट्टै बैठक बस्दैछ । एमलोका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठक भर्चुअल रूपमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुनेछ । यस्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । आज