विशेष समाचार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरिने अध्यादेश ल्याउने तयारी

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो । अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै

रोकिएका त्रिविका सम्पुर्ण  परिक्षा साउन अन्तिम साता सक्ने तयारी

काठमाडौं । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

कोरोना संक्रमण भएका १० जनामा कालो ढुसीको संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका १० जनालाई कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको जनाएको हो । संक्रमण कमै मात्र देखिने बताउँदै संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने मन्त्रालयले जनाएको छ । कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक

पर्खाल भत्किँदा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ । नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दरबार हत्याकाण्डको २० बर्ष पुरा, सत्यतथ्य अझै सार्वजनिक हुन सकेन

काठमाडौं । आज जेठ १९ अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । आजकै दिन २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनेगरी भएको हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । सक्रिय शासनको राजपरिवार नै सखाप पार्नेगरी दरबार हत्याकाण्ड भएको २० वर्ष पुग्दासमेत कसले कुन उद्देश्यले हत्याकाण्ड रच्यो भन्ने रहस्यमै छ । अर्थात, घटनाको सत्यतथ्य अझै पनि सार्वजनिक हुन सकेको छैन । उक्त घटनामा तत्कालीन राजा

प्रहरी नियमावली संशोधन प्रक्रिया रोकियो, सयौं कर्मचारीको बढुवा प्रक्रिया प्रभावित

काठमाडौं । एकपछि अर्काे अध्यादेश ल्याइरहेको सरकारले प्रहरीको अत्यावश्यक नियमावली संशोधनमा भने चासो दिएको छैन । नियमावली संशोधन प्रक्रिया रोकिदा सयौँ कर्मचारीको बढुवा प्रभावित बनेको छ । बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ । नियमावली संशोधन गर्न रायका लागि मस्यौदा कानुन मन्त्रालयमा पठाएकोमा उताबाट फिर्ता नआएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव धर्मराज कुइँकेलले बताए । कानून र

देउवालाई दिएको समर्थन फिर्ता लिए  जेठ २ को अवस्थामा फर्कन ओली सहमत

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। विवाद मिलाउन सक्रिय आफू पक्षधर

सातामा पाँच दिन १० वटा अन्तर्राष्ट्रिय हुने

काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । पर्यटन नथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक सातामा ५ दिन आउने र जानेगरी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो । टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न