विशेष समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध रिटको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । सुनुवाइका क्रममा संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले समय निर्धारण गरिदिएका थिए । त्यसपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए । संवैधानिक इजलासमा शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो । दृष्टि

नेपाल पक्षले ओली पक्षका सांसदलाई सोध्यो स्पष्टीकरण

धनगढी । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई स्पष्टीकरण सोधेको छ । एमाले सुुदूपश्चिम प्रदेशका संसदीय दलका नेता माधवकुमार नेपाल निकटका प्रकाशबहादुर शाह रहेका छन । दलको बैठकविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै शाहले स्पष्टीकरण सोधेका हुन् । स्थायी कमिटी बैठकको निर्णयविपरीत संसदीय दलले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि शाहसहित सरकारमा सामेल तीन प्रदेशसभा सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी

संवैधानिक इजलासमा आज पनी सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा ३० वटा रिट दर्ता भएका छन् । इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे वकिलहरुले प्रश्न समेत उठाएका छन् । आफूले बहुमत सांसदको हस्ताक्षर

इराकले नेपाललाई ६-२ ले हरायो

काठमाडौं । इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो । इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे ।

कांग्रेसले सार्वजनिक गर्यो थप १६ जिल्लाका क्रियाशील सदस्यको नाम

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो। केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।

जसपामा दुवै पक्षले पठाए २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन्

नयाँ आवको बजेटमा यस्ता छन राहतका प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७७/०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी

यो बजेट कार्यान्वयन नभइ खारेज हुन्छ : पूर्व अर्थमन्त्री पुन

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गरेका छन् । सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्व अर्थमन्त्री पुनले कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने टिप्पणी गरेका हुन् । उनले संसद पुनस्स्थापना हुने र यो बजेट खारेज हुने पनि बताए । उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरे । संसद पुनस्स्थापना भएपछि नयाँ

राजनीतिक स्वार्थ पुरा गर्न बजेट आयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले राजनीतिक स्वार्थ पुरा गर्न मात्र बजेट ल्याएको टिपपणी गरेका छन् । बजेटबारे संक्षिप्त प्रतिकृया दिँदै महतले भने– ‘सरकारले राजनीतिक स्वार्थपूर्तिको लक्ष्य राखेर बजेट ल्याइएको छ । तर, तुरुन्त कार्यान्वयनमा समस्या हुने देखिन्छ ।’ बजेटमा समावेश कार्यक्रम कहिले र कसरी गर्ने भन्ने केही उल्लेख नभएको भन्दनै कार्यक्रम सम्पन्न हुनेमा विश्वस्त हुने कुनै आधार नरहेको धारणा राखेका छन् ।

६ बर्ष पछि वढेको राशनभत्ताले सुरक्षाकर्मिमा छाएन उत्साह

काठमाडौं । सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।याे वृद्धिले सुरक्षाकर्मीहरु खुसि र उत्साहित भएका छैनन्। गृह मन्त्रालयले  अर्थलाई ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि