विशेष समाचार

स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशलाई वित्तिय सामानिकरण ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण विनियोजन गरेका हुन् । सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । समपुरक अनुदानतर्फ १२

ल्यापटप किन्न विद्यार्थीलाई  १ प्रतिशत ब्याजदरमा ८० हजार ऋण

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यसको लागि अर्थमन्त्रीले बजेट विनियोजन गरेको बताए

सरकारी कर्मचारीलाई तलब सहित १० दिन भ्रमण बिदा

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् । उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । यसको लागि आवश्यक बजेट समेत अर्थमन्त्रीले प्रस्तुत गरेका छन ।

राष्ट्रपति भण्डारीद्वारा ३ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति शपनबार समक्ष सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेश स्वीकृतका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको गरेको हो । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गर्दैछन् । विपक्षी गठबन्ध दललगायत अर्थविदहरुले काम चलाउ सरकारले काम चलाउ मात्र बजे ल्याउन सुझाव दिएका छन् ।

झापा संघर्षका मुख्य तीन नेता नै गणतन्त्रको विरुद्धमा थिए: बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्ताव राख्दा पार्टीका तीन नेता तत्कालीन समयमा विपक्षमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तत्कालीन केन्द्रीय कमिटी बैठकमा गणतन्त्र स्थापना हुनुपर्छ भन्ने प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । “बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय

आर्थिक प्रलोभनमा परी चोरीका अभियुक्त छाडेको प्रहरी निरीक्षकमाथि आरोप

बारा । प्रहरी निरीक्षकमाथि घुस लिएर चोरीका अभियुक्त छाडेको आरोप लागेको छ । बाराको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई छाडेका हुन् ।प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमामा चोरी गर्नेलाई प्रहरीले छाडेको हो । गत चैत १४ गते राति त्यहाँ चोरी भएको थियो । चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज (शनिबार) अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने जानकारी दिए । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक

मन्त्रिपरिषद्को बैठक बस्दै, अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै

१४ औं गणतन्त्र दिवस सैनिक मुख्यालय भित्र मनाइदै

काठमाडौं । १४ औं गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा मनाउन लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष आफैं छन् । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए । गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित