भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् । यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल अघि नै छुट्टी दिन कोम्यान तयार भएका हुन् । यसले उनलाई कोपा अमेरिकाको तयारीका लागि केहि