नेपाल प्रवेशका लागि देशभरका १३ नाका मात्रै खुला
काठमाडौं । कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल राजधानी लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिव्र फैलिएपछि नेपालसँग जोडिएको सीमानाकाहरुमा कडाई पारिएको थियो । तर, सरकारले नागरिकलाई सहज होस् भनेर भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका