विशेष समाचार

कोलकातालाई हराउदै चेन्नई शिर्ष स्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को दयनिय अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेल

एमाले पार्टी कार्यालयको उद्घाटन र शिलान्यास आज हुदै

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेकोे हो । दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । ओलीले बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको रिजालले बताए ।

चिनियाँ राजदूत बसेको होटलमा ठूलो विष्फोट कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका समय चिनियाँ राजदूत क्वेटा शहरमै थिए क्वेटा, बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफगान सीमा नजिक पर्दछ ।यद्यपि विष्फोटका बेला चिनियाँ राजदूत होटलमा नरहेको बताइएको छ । विष्फोट होटलको कार पार्किङमा भएको हो ।सेरेना होटल

सरकारी मुल्यमा गहुँ विक्री गर्दै विरगंजका किसान

वीरगञ्ज । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री

नयाँ दल गठन गर्ने गृहकार्यमा नेपाल- खनाल समुह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले

आन्तरिक बिवाद चर्किएसंगै जसपा दुई धारमा विभाजित

काठमाडौं । अहिलेको त्रिशंकु संसदमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टीभित्रको कहल चर्किएको छ। ओली सरकारसँग साझेदारी गर्ने कि विपक्षीसँग मिलेर नयाँ सरकार बनाउने विषयमा पार्टीभित्र विवाद चर्किएको छ। आन्तरिक विवादबीच नै  जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग बालुवाटारको सम्वाद भने बाक्लिँदै गएको छ। मंगलबार पनि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा गरेका छन्। भेटमा ओलीले जसपाले राखेका मागहरू सम्बोधन गर्न आफू सकारात्मक रहेको

बाँकेमा बैशाख ९ देखी एक साता लकडाउन

बाँके । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले बाँकेमा एक साता लकडाउन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको डीसीसीएमसीकाे बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ

कोरोना संक्रमणबाट रुपन्देहीमा ६ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरसका कारण रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् २ जना र भैरहवामा रहेको युसिएमएस कोभिड अस्पताल ४ जनाको मृत्यु भएको हो ।   रुपन्देहीकै २ महिला र १ पुरुष र अन्य जिल्लाका ३ जनाको मृत्युभएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उपचाररत् महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो । अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल

आगलागीमा परि बालिकाको मृत्यु, आमा घाइते

दाङ । आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् । दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज नवदुर्गा भगवतीको पूजा गर्दै चैते दशैँ मनाउदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ।