रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई