बंगलादेश भ्रमणमा मोदी जाँदा विरोध प्रदर्शन, पाँच जनाको मृत्यु
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध हिंसात्मक भएको छ । बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रबार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक संगठनले शनिबार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतबार हडताल गर्ने घोषणा गरेको छ । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको