विशेष समाचार

एमाले संसदीय दलको बैठकमा वामदेव गौतम सहभागी

काठमाडौं । एमाले संसदीय दलको बैठक सुरु भएको छ ।बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएन । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ ।

एक साता भित्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने : कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले एक हप्ता दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । महामन्त्री कोइरालाले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने समेत दावी गरे । उनले भने, ‘केपी ओलीको विकल्प खोज्नुपर्छ । केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम

वाईसीएल व्युँतिएसंगै राष्ट्रिय भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरी नेकपा माओवादी केन्द्र ब्युँताएसँगै भातृ संगठनहरु ब्युँतिएका छन् । माओवादी केन्द्रको युवा संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल)ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए । संगठनलाई चलायमान

कठिन परिस्थितिको सामना गर्दै म्यानमार

यानगोन । सेनाको पकड बलियो भएसँगै म्यानमारमा सूचना र जानकारीहरुको प्रवाह सीमित बन्दै गएको छ । बिहीबार त्यहाँ देशैभरि इन्टरनेट सेवा र सूचनाका माध्यमहरु अवरुद्ध गरियो । प्रमुख नेतृ आङ सान सुकीविरुद्ध सेनाले नयाँ र पहिलेभन्दा गम्भीर अभियोगहरु थप्दै मुद्दा चलाएको छ । जसले सैन्यशासन सजिलै अन्त्य नहुने संकेत दिएको छ । दिन प्रतिदिन चर्कँदै गएको आन्दोलन नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरु आक्रामक बन्दै गएका छन् । फेब्रुअरी १ देखि सुरु भएको

काठमाडौंमा ४ लाख घुससहित वडा सचिव पक्राउ

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिवले जानकारी दिए ।

नेपाल–खनाल समूहमा कसरी अघि बढ्ने अलमलमा

काठमाडौं । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका

ज्योति लाइफ इन्स्योरेन्सको शेयर १३ गते बाँडफाँड हुदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको डेट पाएको छ। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको हो। कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख

देशभर मतदाता संख्या एक करोड ६२ लाख

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ । पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरू गर्ने निर्णय आयोगले गरेको

हत्यामा संलग्न भएको आराेपमा रोल्पा प्रहरीद्वारा तीनजना पक्राउ

रोल्पा । मंगलबार साँझ रोल्पा परिवर्तन गाउँ पालिका ६ चावाङ बस्ने बर्ष अन्दाजी ३०/३१ को बिरेन्द्र प्रकाश गिरीकाे हत्यामा संलग्न भएको आराेपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घर जाने क्रममा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा माडी गाउँपालिका-३ का कमल घर्ती, भिम बहादुर घर्ती र दुर्लभ घर्तीलाई प्रहरीले पक्राउ गरेको हाे ।उनीहरूलाई प्रहरीले विभिन्न इलाकालाई सिल गरि पक्राउ गरेको हाे । हत्यामा संलग्नता उनीहरूकै रहेको

ओखलढुंगाको चिशंखुगढीमा भिषण आगलागी, चुनिबोटे बस्ती जोखिममा

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा मंगलबार बेलुकाबाट डढेलो लागेको हो । स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन । जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले