विशेष समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम

सत्ता समीकरणबारे कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त छलफ गर्दै

काठमाडौं । सत्ता साझेदारीका विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्त रुपमा छलफलमा जुट्दैछन् । आज दिउँसो २ बजे तीन दलको बैठक बस्ने जसपाका नेता राजकिशोर यादवले जानकारी दिएका छन् । तीन दलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकारको समिकरणका बारेमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम

दोस्रो तहका नेताहरुको प्रयासमा ओली र नेपाल पक्षबिच धुम्बाराहीमा छलफल सुरु

काठमाडौं । महिनौं लामो तिक्तता तोड्दै नेकपा(एमाले)का नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल सुरु भएको हो । यो छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन् ।केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु समेत छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । एउटा रोचक दृश्य के देखिएको छ भने ओली र नेपालसँग

कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गअन्तरगत २ नम्बर चौराह नजिककै आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइत भएका छन्। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ खा ८९३२ नम्बरको बस र विपरित दिशातर्फ गइरहेको सुप प्र. ००१–०८–प १५२७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। मोटरसाइकलमा

प्रहरीको डिआइजी सरुवाको तयारी

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा छ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदी कार्यरत छन् । गत वर्ष बैशाखमा उनीहरुलाई सरुवा गरिएको

मालपोत कार्यालय सिराहामा बम विस्फोट ५ जना घाइते

काठमाडौं । सिराहको मालपोत कार्यालय प्रांगणमा शक्तीशालि बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । घटना लगतै प्रहरीले चारै तिर निग्रानी बढाएको छ ।

उत्कृष्ट कार्य गरेको भन्दै सुनीता बनिन ‘पुलिस अफ द मन्थ’

नेपालगंज । वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक पुरुषलाई नियन्त्रणमा लिन सफल भएकी थिइन् । तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह तथा विभागीय मूल्य

पुलिसलाई हराउदै संकटा क्वार्टरफाइनलमा प्रवेश

हेटौंडा । ए डिभिजन टोली संकटा क्लब हेटौडामा जारी स्थानीय तह सहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा संकटा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शनिबार अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा क्लबले अन्तिम ८ मा पुगेको हो । विदेशी खेलाडी आका लेहोलेले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ३१ औं मिनेटमा गोल गरेका थिए

त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण

काठमाडौं । काठमाडौँ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ महिनाको बच्चामा सफल कलेजो प्रत्यारोपण गरिएको छ । पहिलो पटक नेपालमा एक वर्ष भन्दा कम उमेरको बच्चामा कलेजो प्रत्यारोपण सफल भएको हो । शनिवार काभ्रेका ३५ वर्षीया बाबुले आफ्नो ११ महिनाको बच्चा लाई कलेजा दान गरेका हुन् । जन्मेदेखि नै कलेजोको समस्या रहेका ती बच्चामा सफल कलेजो प्रत्यारोपण भएको त्रिवि शिक्षण अस्पतालबाट जानकारी प्राप्त भएको छ । अहिले बाबु र छोरा दुवैको

फुटको यात्रामा नेकपा एमाले

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह