विशेष समाचार

मालपोत कार्यालय सिराहामा बम विस्फोट ५ जना घाइते

काठमाडौं । सिराहको मालपोत कार्यालय प्रांगणमा शक्तीशालि बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । घटना लगतै प्रहरीले चारै तिर निग्रानी बढाएको छ ।

उत्कृष्ट कार्य गरेको भन्दै सुनीता बनिन ‘पुलिस अफ द मन्थ’

नेपालगंज । वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक पुरुषलाई नियन्त्रणमा लिन सफल भएकी थिइन् । तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह तथा विभागीय मूल्य

पुलिसलाई हराउदै संकटा क्वार्टरफाइनलमा प्रवेश

हेटौंडा । ए डिभिजन टोली संकटा क्लब हेटौडामा जारी स्थानीय तह सहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा संकटा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शनिबार अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा क्लबले अन्तिम ८ मा पुगेको हो । विदेशी खेलाडी आका लेहोलेले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ३१ औं मिनेटमा गोल गरेका थिए

त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण

काठमाडौं । काठमाडौँ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ महिनाको बच्चामा सफल कलेजो प्रत्यारोपण गरिएको छ । पहिलो पटक नेपालमा एक वर्ष भन्दा कम उमेरको बच्चामा कलेजो प्रत्यारोपण सफल भएको हो । शनिवार काभ्रेका ३५ वर्षीया बाबुले आफ्नो ११ महिनाको बच्चा लाई कलेजा दान गरेका हुन् । जन्मेदेखि नै कलेजोको समस्या रहेका ती बच्चामा सफल कलेजो प्रत्यारोपण भएको त्रिवि शिक्षण अस्पतालबाट जानकारी प्राप्त भएको छ । अहिले बाबु र छोरा दुवैको

फुटको यात्रामा नेकपा एमाले

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह

भरुवा बन्दुक सहित बाँकेमा माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ

नेपालगंज । बाँकेमा हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रबिन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शनिबार  थारुको घरमा छापा मारेको थियो । थारुलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको घरबाट हतियार समेत बरामद गरेको जनाएको छ

मनहरीमा बस र ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब

दुई डिएसपी सहित एक सय ४८ प्रहरी कारबाहीमा

काठमाडौं । पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत एक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् । महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, १०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् । तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ,

बरिष्ठ नेता नेपाल लगायत एक दर्जनलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए । एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा

नेकपा एमालेमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी विस्तार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी खोसेपछि नेपाल खनाल पक्षको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाउन सुरु गरको हो । नेपाल खनाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाइ जिम्मा दिएको छ