सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै विप्लवले फिर्ता पठाए सुरक्षाकर्मी
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएपनि उनलेे फिर्ता गरिदिएका छन । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए। तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी