विशेष समाचार

अदालतको फैसलासंगै व्युँतिए एमाले र माओवादी केन्द्र

काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले

नेकपा आधिकारीकता ऋषि कट्टेलको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण

नेकपाको नामसम्बन्धी सर्वोच्चले आज फैसला गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामसम्बन्धी सर्वोच्च अदालतले आज फैसला गर्दैछ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्न लागेको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए । आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा

प्रधानमन्त्री ओलीले लगाए  कोरोनाविरुद्धको दोस्रो खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गतको खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान औपचारिकरुपमा सुरु भएको छ । उनले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री

संसदको सातौं अधिवेशन आजवाट शुुरु, अपरान्ह चार बजे संसद बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार)देखि शुुरु हुुँदैछ । अपरान्ह चार बजे संसद बैठक बस्नेछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएपछि आजबाट पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । नेकपा दुई भागमा विभाजित बनेको छ तर औपचारिक रुपमा भने विभाजित भएको

चीतवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घुस दिन खोजेका थिए । चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी

प्रधानमन्त्री ओलीले आज दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने

"कलियुगको एउटा कृति, बनोस् हाम्रो माया प्रीति"

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् सुरज गैह्रे ‘विवश’। प्रायः जसो जीवन बोल्ने जीवन्त सृजना गर्न खप्पिस सुरजले प्रेमिल सृजना पनि त्यतिकै उत्कृष्ट गर्ने गर्छन् । अरु सर्जक भन्दा अलि भिन्नै गीतहरु सृजना गर्न रुचाउने सुरजका दर्जनौं बढी गीतहरू लोकप्रिय छन् । यसैबीच, उनको शब्द सृजना रहेको पृथक शैलीको एउटा प्रेमिल गीत रिलिज भएको छ। मंगलबार “एउटा कृति” बोलको गीत “माइ

बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहको आज संसदीय दलको बैठक बस्दैछ । ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल पक्षले शुक्रबार हटाएर पुष्पकमदल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेका थिए । ओलीलाई हटाएको भोलिपल्ट आज (शनिबार) ओली समुहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास (बालुवाटार)मा बस्ने भएको हो । आफ्ना पक्षमा प्रचण्ड-नेपाल पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको