विशेष समाचार

प्रचण्डलाई गोप्य सुचना दिएको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

कुलेश्वरमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौं । फलफुल पसलको आवरणमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफुल पसल चलाउने नवराज कार्कीलाई प्रहरीले १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनका कामदार सुमन थापा र भारतीय नागरिक सत्य नारायण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । त्यहाँबाट ठूलो परिणाममा हुन्डी कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।दृष्टिन्युज

स्वस्थानी व्रतकथाको विधिवतरुपमा समापन गरिदै

काठमाडौं । एक महिना लिइने श्री स्वस्थानी व्रतकथाको आज विधिवतरुपमा समापन गरिएको छ । यो वर्षको अन्तिम दिन आज शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् । व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । स्वस्थानी व्रतकथा समापनका लागि आज शालीनदीसँगै भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको

कपिलवस्तुमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

धनगढीमा एलपिएल सुरु हुदै, देशभरका १६ विद्यालयको सहभागिता

धनगढी । धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा

फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सरकारले फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे । । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने बाध्यता भएकाले २२ वा २३ मै बैठक बस्ने सम्भावना रहेको ति मन्त्रीले बताए । त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने

प्रहरीका ११ जना एसपीको सरुवा, पाँच जिल्लाका प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ । बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ । बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ ।

नेपाल प्रहरीका १८ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १८ डिएसपीको सरुवा भएको छ । सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् ।सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।  

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओ हेरफेर

  काठमाडौं । गृह मन्त्रालयले चलखेलका आधारमा ५२ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । सरुवामा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेेर भएको । एक वर्षको अवधि नै नपुगी गृहले चलखेलका आधारमा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपाने हट्न लागेकाले यसरी हतार- हतार सरुवा भएको हो । सरुवा अनुसार मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका थानेश्वर गौतमलाई कास्कीमा तथा सहायक प्रवक्ता रहेका प्रेमलाल लामिछानेलाई चितवनमा

प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ ।