विशेष समाचार

एक दर्जन कम्पनीले आइपीओ निष्कासन गर्दै

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन् । त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ । आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर

चुनाव आउन ६८ दिन बाँकी, गृहसँग प्रहरी र सशस्त्र माग्यो १५ सय गाडी

काठमाडौं । चुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना छ । जसका निम्ति ६ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमानित लागत पेश गरेको छ ।बजेट व्यवस्थापन भए चाडै म्यादी

सरकार र ‘विप्लव’ को भित्र भित्रै वार्ताको तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका

एसइई र १२ विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न डी ग्रेड ल्याउनुपर्ने

काठमाडौं । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन

आमाको जन्मदिनमा हिमानी सँगै देखिए युवराज पारस

झापा । पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षाैपछि सँगै देखिएका छन् । पूर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा दुवै जना सँगै देखिएका हुन् । कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ । जहाँ पारस समेत उपस्थित छन् । पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन् । सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन् ।

दशरथ रंगशालामा नेपाल र अष्ट्रेलियाबीच मात्र खेल हुने

काठमाडौं (हाम्रो खेलकद अर्को महिना दशरथ रंगशालामा हुने भनिएको विश्व कप छनोटका दुई खेल मध्ये अब एक खेल मात्र हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण र आ आफ्ना देशका मापदण्डका कारण भ्रमण नगर्ने भएपछि नेपालले अब अर्को महिनाका लागि तय मध्ये अष्ट्रेलियाविरुद्धको खेल मात्र हुने भएको छ । नेपाल र अष्ट्रेलियाबीच चैत १७ गतेका लागि दशरथ रंगशालमा खेल हुनेछ । यसै

बाराका मालपोत कार्यालय प्रमुख ६ लाख घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय बाराका प्रमुख मनोज कुमार खनाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित उनलाई शुक्रबार पक्राउ गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन उनले लेखापढी व्यवसायी बद्री प्रसाद बडालमार्फत घुस लिएका थिए । बडाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दृष्टिन्युज

सुरक्षाफौजको कारबाहीमा ७ जना तालिबानीको मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ

प्रल्हाद र अजयबाबुलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान

काठमाडौं । पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ । रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा पाँच–पाँच लाख र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले

नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको