स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’
काठमाण्डौं : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गतेबाट नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको लागी विभिन्न स्थानीय वितरकलाई नै जिम्मा दिइएको छ । चलचित्रले पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा साथै जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।