विशेष समाचार

नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जादै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौं उपत्याका बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका हुन् । प्रधानमन्त्रीले आज दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्दैछन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । तर, आज प्रधानमन्त्री ओलीले उक्त पुलको उद्घाटन

सावित्राको चार गोलले राष्ट्रिय महिला फुटबलमा एपिएफ विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी

मेस्सी विना बार्सिलोनाको अर्को विजयी

एजेन्सी । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे । मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ९ करोड ७४ लाख ६४ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार ३०१ जना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्मा २१ लाख १२ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६८८ कोरोना संक्रमितको मृत्यु भएको छ

बजेटको अर्धवार्षिक समीक्षा : विकाश वजेट १५ प्रतिशत पनी खर्च भएन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो। समीक्षा कार्यक्रमका अनुसार, २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४०) प्रतिशत र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८) प्रतिशत छ। यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६) प्रतिशत छ ।   अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९

इजरायलमा रोजगार खुल्यो पहिलो चरणमा पाँचसय कामदार जान पाउने

काठमाडौं । लामो समयदेखि प्रतिक्षित इजरायलमा रोजगारी खुलेको छ ।बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भएको सम्झौता अनुसार अबको तीनमहिनाभित्र नेपाली कामदारले इजरायलमा रोजगारीका लागि जान पाउने भएका हुन् । उक्त सम्झौता अनुसार केयर गिभर तालिम लिएका, १२ पास भएका, २५ देखि ४५ वर्ष उमेर समुहको हुनुपर्ने छ भने इजरायलमा काम गरेर फर्किएका कामदारले भने यो अवसर लिन पाउने छैनन् । विभागका

निर्वाचन आयोगले नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’ प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो

सविनको 'गणपतिमा' मुकुन र मेनुकाको जोडी

काठमाडौं । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानलाई पहिलो पटक दर्शकले  एकसाथ  चलचित्र ‘गणपति’ मा देख्ने भएका छन । तनहुँको बन्दीपुर गाउँपालिकाबाट चलचित्रको छायांकन विहिवारवाट सुरु भएको छ । गाउँले परिवेशमा खिचिने चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । सविनकै कथा रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहेको छ । मानिस र भगवान बीचको फरक देखाइने चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल,

मलेशियावाट एकैपटक १७ जना नेपालीको शव नेपाल आयो

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धन कमाउने सपना र अभिलाषा बोकेर विभिन्न समयमा मलेसिया पुगेका १७ जनाको शव आइपुग्यो । एकैसाथ १७ शवका लस्कर देखिएपछि मृतकका आफन्तमात्र नभएर विमानस्थलकै कर्मचारीसमेत स्तब्ध भए । मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ ।

सुविधा थपिसंगै सशस्त्र प्रहरीमा उत्साह

काठमाडौं । सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् । सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी