विशेष समाचार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।   प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटमा भएको कुराकानीबारे भने खुलाइएको छैन । दृष्टिन्युज

दिल्लीमा कोरोना भ्याक्सिन लगाएका केही मानिसहरुमा एलर्जीको लक्षण

काठमाण्डौं । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ ।   मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा

सुनसरीमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किदा एकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्वरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । मोटरसाइकलमै सवार धरान–१० का

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् । सोही अवधीमा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २० लाख

देश विकाशका लागी युवाहरु हरेक किसिमका क्रान्तिमा होमिनु पर्छ : राज्यमन्त्री बिक

काठमाडौं । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले जुन देशमा सचेत, बौद्धिक र सृजनसिल युवा वर्गहरुको सक्रियता हुन्छ त्यो देशले विकाशमा फड्को मार्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिककाे प्रमूख आतिथ्यमामा शनिवार काठमाडौंमा सम्पन्न नेपाल युवा परिषद काे ९ औं साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री बिकले उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले “देश विकाशको लागि कैयन देशहरुमा युवाहरुले आर्थिक, राजनितिक, शैक्षिक र

डोल्पामा हतियार सहित पाँच जना पक्राउ

डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–११ स्थित मुह ईलाकाबाट नेपाली सेनाको टोलीले ५ जनालाई पक्राउ गरेको छ ।   अवैध जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीसमेतको सहयोगमा पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुह बस्ने मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडा बस्ने सुर्य बहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा रहेका छन् ।   निजहरुको घरबाट २ नाल भरुवा बन्दुक, बारुद, बन्यजन्तु शिकारीमा प्रयोग हुने उपकरण,

राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगर र विक्रम लामा कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् ।   एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार कतारमा रहेको अस्पेटारमा हुने छ । उपचार सम्बन्धीको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहविच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।   परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनी बिहीबार भारत गएका थिए । शुक्रबार भारतीय विदेशीमन्त्री एस जयसंकरसँग बैठक बसेको थियो । मन्त्री ज्ञवाली तीन दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कदैछन् ।

हुम्लामा भीडवाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्ला । हम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।   बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा

भारतले आजदेखि कोरोनाविरुद्धको खोप सर्वसाधारणलाई लगाउदै

काठमाण्डौं । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले