विशेष समाचार

विमानस्थलका डीआईजी चन्दले लिए राजीनामा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ । केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

प्रहरी समायोजनमा ओलीको असन्तुष्टि

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन् । सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिज्ञले प्रहरी चलाएकाले धेरै बिग्रिएको बताएका छन् । प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने उनको धारणा छ । प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका बेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए । उनले भने, ‘पुलिस त छँदै छ, कसले

जग्गा हडपेको आरोपमा अरुण चौधरीसहित ३ जनाको म्याद थप गरिँदै

काठमाडौं । बाँसबारी स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ ।  जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर प्रहरी हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो

मुख्यमन्त्री कार्कीद्धारा सरकार विस्तारको तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेको बताइएको छ । सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ । कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका

इच्छाराज तामाङलाई ३ र श्रीमतीलाई १ वर्ष कैद सजाय

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई आइतबार सजाय सुनाएको हो । तामाङ यसअघि नै दोषी करार भइसके पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो । त्यसैगरी तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि १

रुस्तम र निरुलाई 'गैर आवासीय नेपाली तारा २०२३'को उपाधि

दर्शन सुनार/कतार : रुस्तम तामाङ र निरु श्रेष्ठले ‘गैर आवासीय नेपाली तारा-२०२३’को उपाधि चुम्न सफल भएका छन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट रुस्तमले गायन विधाको र निरुले नृत्य विधाको उपाधि चुमेका हुन्। गायन विधामा फर्स्ट रनरअप चाहि सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भए। फिनालेमा अतिथि निर्णायकको लागि आयोजकले लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठलाईलाई

'नेपाल पत्रकार महासंघ कतार शाखा' : आठौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

दर्शन सुनार/कतार : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार नेपाली राजदूतावासको सभा हलमा सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष

चेकइन गरेका लकेज नबोकी उड्छन् नेपाल र हिमालयन एयरलाइन्स

दर्शन सुनार/दोहा कतार : नेपाल एयरलाइन्स र हिमालयन ध्वजाबाहक एयरलाइन्सप्रति यात्रुहरु असन्तुष्ट रहेको पाइएको छ। लकेजमा फितलो व्यवस्थापन गरेको भन्दै यात्रुहरुको गुनासो आउन थालेको छ। गन्तव्यमा आफूहरु पुगिसकेपनि घण्टौँसम्म कुर्दा समेत लकेज न आएको एक यात्रुले बताएका छन्। यात्रु गन्तव्य स्थल पुगेर घन्टौ पर्खिदा समेत लकेज नआउने र एयरलाइन्सका जिम्मेवार अधिकारीले शिष्टता तथा जिम्मेवारी पूर्वक जवाफ नदिने गरेको गुनासा बढेका छन् । गत महिनाको २९ तारिक H9563 को उडानबाट काठमाडौँ

'नेपाल कल्चर फेस्टिवल' : आगामी फागुन २४ र २५ गते हुँदै

नेपालगन्ज : नेपालकै ठूलो फेस्टिवल ‘नेपाल कल्चर फेस्टिवल’को आयोजना हुनेभएको छ। अनतरालको आयोजनामा आगामी फागुन २४ र २५ गते ‘नेपाल कल्चर फेस्टिवल’ हुने आयोजक टिमले जनाएको छ। आयोजकका अनुसार देशै भरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिनेछ । सुदुर

'गैर आवासीय नेपाली तारा-२०२३ सिजन ४' को ग्राण्ड फिनाले शुक्रबार हुँदै

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ कतार र तमु (समाज) कतारको संयुक्त  आयोजनामा आयोजित “गैर आवासीय नेपाली तारा २०२३ सिजन ४” को ‘’ग्राण्ड फिनाले’’ शुक्रबार हुने भएको छ । अल रैयानमा अवस्थित लुक्तामा रहेको ट्युनिसियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने फिनालेको लागि  नेपालबाट अतिथि निर्णायकको भूमिकामा चर्चित गायक राम कृष्ण ढकाल  र चर्चित नायिका तथा नृत्यङ्गना  पुर्णिमा श्रेष्ठ कतार आउने भएका छन्। फिनाले प्रवेश गरेका गायन