विशेष समाचार

प्रहरी निरीक्षकको बर्दी लगाएर असईको नक्कली परीक्षा चलाउने पक्राउ

पर्सा – प्रहरी निरीक्षकको बर्दी लगाएर असईको नक्कली परीक्षा चलाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका९७ बस्ने २९ वर्षीय अजय कुमार राय रहेका छन् । प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गरेको अभियोगमा अजय कुमारसहित ८ जना बुधबार दिउँसो  पक्राउ परेका हुन् । अजय कुमारलाई प्रहरीले  प्रहरी निरीक्षकको पोसाकमै पक्राउ गरेको हो । वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन

नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक पुरुषमा गत असोज

सरकारले 'थाहै नपाई' कसरी भयो रुसबाट कोभिड-१९ को खोप ल्याउने सम्झौता ?

बीबीसी।  कोरोनाभाइरसविरुद्ध रुसमा निर्मित खोप ठूलो परिमाणमा नेपाल ल्याउने सहमति भएको समाचार विदेशी सञ्चारमाध्यमहरूले प्रकाशित गरेपछि बल्ल नेपालका सरकारी अधिकारीले त्यसबारे थाहा पाए। मङ्गलवार आएको समाचारबारे भोलिपल्ट प्रतिक्रिया दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले नभनी खोपहरू भित्र्याउन नमिल्ने बताए। उनी भन्छन्, “यसबारे हामीलाई थाहा छैन। नेपाल सरकारले नभनी ल्याउन मिल्दैन। बाहिर क-कसले के-के सम्झौता गर्छन् त्यो हामीलाई कसरी थाहा हुन्छ?” हाल तेस्रो चरणको परीक्षणमा रहेको

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाडौं १५, असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको हो । उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना

आजको मौसम : केही स्थानमा सामान्य बदली, कहीँ वर्षा

काठमाडौं १५, असोज । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना

उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या

काठमाडौं १५, असोज । भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् । हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी

आइपिएलः राजस्थानमाथि कोलकाताको ३७ रनको जित

काठमाडौं १५, असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान

असोज ११ गतेबाट तातोपानी नाका खुल्ने

काठमाडौं – सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ । मंगलबार  नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले असोज १९ गतेदेखि नाका खुला गर्ने निर्णय गरेको हो । बैठकमा लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय भएको जनाइएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारी सहभागी रहेका थिए ।

रुसले २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाललाई दिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण विश्वका धेरै मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् । यस्तो अवस्थामा रुसमा बनेको कोरोना खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै नेपालको लागी एक खुशीको खबर आएको छ । रुसले २ करोड ५० लाख कोरोना विरुद्धको खोप नेपाललाई दिने भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि

जुना श्रीस र रोशन कुतालको आवाजमा 'रामकसम' रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय सर्जक केशव पौडेल र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधु आवाज रहेको छ। गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ बिटमा आधारित गीतको अडियो एकदम उत्कृष्ट छ।