विशेष समाचार

लोकप्रिय रेडियोकर्मी डियर कल्याणलाई मातृ शोक

काठमाडौं । लोकप्रिय रेडियोकर्मी डियर कल्याण(कल्याणराज गौतम) लाई मातृ शोक परेको छ । जीवनको यथार्थ घटनालाई कथाद्धारा रेडियोबाट बाचन गरी लाखौ स्रोताहरुको मनमा बस्न सफल रेडियोकर्मी गौतमकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । दाङस्थित आफ्नै निवासमा गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हाल ईमेज एफ.एम. बाट प्रसारण भैरहेको कार्यक्रम डियर कल्याणका प्रस्तोता गौतमकी आमा नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम

मानवअधिकारद्धारा सेना, प्रहरी र कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नामावली सार्वजनिक गरेको हो । आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम समावेश छ । नेपाल प्रहरीप्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन्

विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम

सम्झाई बुझाई गर्ने क्रममा  प्रहरीमाथि आक्रमण,दुई जना घाइते

सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई १२–१३ जनाको समूहले कुटपिट गरेका थिए । त्यसपश्चात घटनास्थल पुगेको प्रहरी टोलीमाथि सम्झाई बुझाई गर्नेक्रममा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका

निदान डाइग्नोस्टिक नेपालगन्जद्वारा १८३ जनाको नि:शुल्क थाइराइड चेकजाँच

नेपालगन्ज : निदान डाइग्नोस्टिक एन्ड हेल्थ केयर प्रालि नेपालगन्ज चौथो वर्षमा प्रवेश गरेको छ। नेपालगन्जमा उच्च प्रविधि र दक्ष जनशक्तिद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको निदानले छोटो समयमै राम्रो छवि बनाउन सफल भएको छ। सामाजिक कार्यमा पनि अग्रसर छ निदान। शनिबार मात्रै चौथो वार्षिकोत्सवको अवसरमा निदानले नि:शुल्क थाइराइडको चेकजाँच शिविर आयोजना गरेको थियो। जुन शिविरमा १ सय ८३ जनाको रगतको नमुना संकलन गरिएको निदानका प्रवन्ध निर्देशक सन्दीप पोख्रेलले सौर्यपत्रलाई जानकारी

एमाले अध्यक्ष ओली फिल्म खेल्दै, प्रधानमन्त्रीको भुमिकामा देखिने

काठमाडौं । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । उनी रियलमा नभएर ‘रिल’मा प्रधानमन्त्रीको भूमिकामा देखिने भएका हुन् । आज आइतबार नेपाली फिल्म ‘नमेटिने घाउ’को निर्माणको घोषणा गरिएसंगै फिल्ममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलीकै प्रमुख आतिथ्यमा भएको

घरको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर ५ रानीजरुवाकी १८ वर्षीया कमला केसी शुक्रबार साँझ आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने बताइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए । उनका अनुसार छतबाट खसेकी केसीलाई उपचारका लागि

पाल्पाली सेवा समाज दोहा कतारको ८ औं  अधिवेशनबाट अध्यक्षमा भट्टराई निर्वाचित

दर्शन सुनार/कतार : पाल्पाली सेवा समाज कतारले ८ औं अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष महल केसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुराराईको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनबाट अध्यक्षमा विश्वनाथ भट्टराई निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विकास गैरे (बिक्की), उपाध्यक्षमा दामोदर पाण्डे, महासचिवमा मदन भण्डारी(मदन), सचिवमा इश्वोर काफ्ले, सचिवमा कमल भुसाल, कोषाध्यक्ष ऋषिराम श्रेष्ठ, सह-कोषाध्यक्ष हिरालाल बस्याल, महिला संयोजक

नेपाल मगर संघ शाखा कतारले गर्‍यो कलाकारलाई सम्मान

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले गायक तथा सर्जक डोलराज बार्हघरे, गायक तथा हास्यंकलाकार अर्जुन कुवंर, लोक तथा दोहोरी गायिका रुस्मा सिञ्जाली मगर, ( रुपी) मोडल तथा डान्सर अस्मिता राना मगरलाई सम्मान गरेको छ । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको  मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड २०८० को लागि सांगीतिक प्रस्तुति दिन कतार आएका नेपालबाट आमन्त्रित कलाकारहरुलाई संघले बिहिबार साझँ एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो

भारतले ७५ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं । भारतले आज शुक्रबा ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाउँदैछ ।  गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो