विशेष समाचार

गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गयो

काठमाडौं – कोरोनाभाइरसको संक्रमणबाट गण्डकी प्रदेशका थप ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा कास्कीका पुरुष, तनहुँकी महिला र गोरखाका पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको मादी गाउँपालिका–४ घर भएर हाल काठमाडौं बस्दै आएका ५१ वर्षीय पुरुषको भदौ २६ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ २४ गते कोरोना संक्रमणदेखिएपछि अस्पताल भर्ना भएका उनको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।

रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा

नेपालगन्ज २८, भदौ । दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा, दात सहितरेडपाण्डाको छाला फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

काठमाडौं २८, भदौ । कोरोना भाइरसको संक्रमणबाट आइतवार थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५

आज थपिए १ हजार ३९ जना कोरोना संक्रमित

काठमाडौं २८, भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर

तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

तनहुँकी एक महिलाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिला रहेकी छिन् । उनको आइतबार काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं उपचारको लागि ल्याइएको थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनको आज उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । ती महिलामा मुटुसम्बन्धी

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज  स्थिर रहेको हो । शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १

काठमाडौंको सडकमा गुड्यो नेपाली सेनाको एभ्रो विमान (तस्बिरसहित)

काठमाडौं – त्रिभुवन विमानस्थलमा थन्किएको पुरानो नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटी संग्रहालयमा लगिएको छ । शनिवार साँझ नेपाली सेनाको पुरानो जहाजलाई सडकबाटै गाडिले तानेर गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालयमा लगिएको छ । तस्बिरमा सडकमा गुडिरहेको विमान देखिएको छ ।  विमानस्थलबाट नारायणहिटीसम्म लैजान विमानको पखेटा निकालिएको तसिबरमा देखिएको छ । यस एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने जनाइएको छ । तस्बिर – नमस्ते भक्तपुर

सिन्धुपाल्चोकमा पहिरोले दुई गाउँ बगायो, १७ घर पुरिए, एकको शव फेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा गएराति पहिरो जाँदा १७ घर पुरिएका छन् ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा पहिरोले नागपुजेका ७ घर र भीरखर्कका १० घर बगाएको जनाइएको छ । माथिबाट खसेको पहिरोले बगाउदा नागपुजेमा पुरिएका एक जनाको शव फेला परेको छ । शवका पहिचान भने हुन सकेको छैन । बेपत्ता भएका अन्यको खोजीको लागी स्थानीय, आफन्त र सुरक्षाकर्मी लागेको बताइएका छ । त्यस्तै भिरखर्कमा १० घर पुरिएको खबर आएपछि सुरक्षाकर्मी पुगिनसकेको

आईपीएल खेल्न यूएईतर्फ लागे सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर हिजो यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । सन्दीपले

नेपालमा एकैदिन ८ सय ५२ जनाले जिते कोरोना

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप  ८ सय ५२ जनाले कोरोनालाई जितेको जानकारी दिए । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।  आजसम्म डिस्चार्ज हुने ७० दशमलव ६ प्रतिशत