विशेष समाचार

कोरोना जित्न प्राकृतिक जडिबुटी महत्वपुर्ण - प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन् । उनले उक्त छलफलमा आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण  भूमिका हुने बताएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने – ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’ उनले मेशीनहरू  एलोपेथिक नभएको बताउदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने बताए । छलफलको क्रममा उनले

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६२ बर्षिय पुरुष रहेका छन् । उनको बिहिबार दिउँसो चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुष्लाई स्वासप्रश्वासमा समस्या भएपछि भदौं २० गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि भदौं २२ गते गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा झन समस्या हुँदै गएपछि

आयुष्मानसँग ट्युसन क्लासमा भेट भएको थियो ताहिराको

काठमाडौं – बलिउडका चर्चित अभिनेता तथा गायक हुन् आयुष्मान खुराना । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका आयुष्मानले फिल्मबाटै चर्चा कमाएका छन् । उनका पछिल्लो फिल्महरु दर्शकले निकै रुचाएका छन् । ताहिरा कश्यपसँग विवाह गरेका आयुष्मानले फिल्मसँगै परिवारलाई पनि महत्व दिने गर्छन् । पछिल्लो समय उनकी पत्नी ताहिरा पनि चर्चामा छिन् । उनले क्यान्सरलाई जितेसँग भारतिय मिडियामा चर्चामा आएकी हुन् । ताहिराले एक शोमा पति आयुष्मानसँगको प्रेमसम्बन्धबारे खुलेर कुरा गरेकी छिन्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना अभियुक्त पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका ७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका(९ बस्ने २२ वर्षीया कमला लामा रहेका छन् । उनीहरुले २ जना व्यक्तिलाई २०७६ साउनमा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पु¥याई ४१ लाख

नेकपामा अब सामाजिक सञ्जालमा नेता कार्यकर्तालाई गालीगलौज गर्न रोक लगाइने

काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला विभिन्न गुट उपगुट छन् । घरघरमै गुटउपगुटको बैठक बस्ने गरेको छ । एउटा पक्षले अर्को पक्षलाई तथाना गालीगलौज गरिरहेको छ । कतिसम्म अलिअलि बचेको राजनीतिक साख पनि सामाजिक सञ्जालमा लेखेर हुर्मत लिन थालिएको छ । यस्तो प्रवृत्ति बढ्दै गएपछि  नेकपाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ । पार्टीले सामाजिक सञ्जालका साथै मिडियामा पनि कुनै नेतालाई गालीगलौज गर्न नपाइने नीति अघि सारेको छ

अभिनेता जीवन लुइँटेलको आज जन्मदिन

काठमाडौ । नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउदैछन्। जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा सुभकामनाको ओइरो लागेको छ । नेपालि चलचित्रमा छुट्टै पहिचान बनाउन सफल उनले चलचित्र ‘नाई नभन्नु ल’ बाट निकै चर्चामा आए ।   हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । वैबाहिक बन्धनमा बाँधिएपछि अमेरिका गएका उनी अहिले उतै समय बिताइरहेका

चट्याङ लागेर बागलुङमा एकको मृत्यु

बागलुङ । चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । युवाको शवलाई पोष्टमार्टमपछि

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।

भोकमरी परेकालाई खाना खुवाउँदै नायिका एलिजा गौतम (फोटो)

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन्

साम्राज्ञी आफ्नो पारिश्रमिक घटाउन तयार

सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य