धनगढीमा लकडाउनबारे आज निर्णय हुने
धनगढी ०३ भदौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय गरिने भएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै पुनः लकडाउनको तयारी गरिएकोमा आज उप–महानगरपालिकाको कार्यपालिका बैठकले सो बारेमा निर्णय गर्ने जनाइएको छ। धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय हुने बताए। ‘केही दिनका लागि लकडाउन नै गर्ने तयारीमा छौ,’ मुडभरीले भने, ‘तर अहिले नै