विशेष समाचार

आजदेखि नेपालगन्जका मुख्य नाका सील गरिँदै

नेपालगन्ज २४, साउन । धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्र सील गरिएको छ। शनिबारसम्म जारी गरिएको निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ। कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगन्जका प्रमुख ठाउँलाई सिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ति नै जारी गरी सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सील गरिएको

कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो, आज ४६४ जना थपिए

काठमाडौं २३, साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएको बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु

काठमाडौं २३, साउन ।  नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै नेपालमा मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष छन्। त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो। उनको स्वाब संकलन गर्दा साउन

कोरोना संक्रमण: बर्दियामा आइतबारदेखि निषेधाज्ञा

बर्दिया २३, साउन ।  बर्दियामा आउँदो आइतबार साउन २५ गतेदेखि निषेधाज्ञा गरिने भएको छ। कोरोना संक्रमण समुदायस्तरमा केही व्यक्तिमा देखिएको छ। थप संक्रमण फैलिँदै जान सक्ने खतरा बढ्ने भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो। कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा

उपत्यका: संक्रमित दर बढ्न थाले अस्पतालमा बेड अभाव हुनसक्छ

काठमाडौं  २२, साउन । सरकारले उपत्यकामा कोभिड-१९ को संक्रमितलाई उपचार गर्न बनाइएका अस्पतालको बेड दिनदिनै भरिन थालेका छन्। दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था आउन सक्ने देखिएको छ। थपिएका नयाँ संक्रमित र उपचाररत संक्रमित बाहिरी जिल्ला र थोरै मात्र उपत्यकाका छन्। काठमाडौं उपत्यकामा संक्रमित थपिन थालेपछि सरकारले परीक्षण दायरा बढाएसँगै संक्रमित थपिएका हुन्। अस्पतालमा लक्षणसहित संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुँने संभावना बढ्दै

कपिलवस्तुमा १० दिनका लागि निधेषाज्ञा

कपिलबस्तु २३, साउन । कपिलवस्तु प्रशासनले शक्रबारदेखि लागु हुनेगरी १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ।अत्यावश्यक सेवा

नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज २२, साउन ।  नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिएका छन्। समुदायमा कोरोना फैलिएकाले गएको शनिबारदेखि निषेधाज्ञा जारी रहेको बाँकेमा बिहीबार २८ जना संक्रमित थपिएका छन्। थपिएका बिरामी सबैजसो नेपालगञ्ज उपमहानगरपालिकाकै छन्। मेडिकल कलेजमा काम गर्ने चिकित्सकदेखि कर्मचारी, सर्वसाधारणलाई कोरोना भएको छ। कोरोना देखिएका प्रायः संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन्। भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका बिहीबार १४ जना संक्रमित देखिएका छन्। बर्दियामा पनि आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने

हावाहुरीका कारण केरा खेतीमा ७० लाख भन्दा बढीको क्षति

नवलपरासी २२ साउन । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले नवलपुरको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ । हावाहुरीको कारण नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाई

तस्विरः फाइल

साउन २२, काठमाडौ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पर्सामा दुई जना कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु

सवारी साधनमा आजदेखि फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

साउन २२, काठमाडौ । सरकारले आज विहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान