बाँके दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, घाइते र मृतकको कोरोना परिक्षण गरिने
नेपालगज १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा मध्यराती गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । भारतका विभिन्न शहरहरुवाट मजदुरी गरेर नेपालगजवाट मध्यराति सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारकाे क्रममा ज्यान