विशेष समाचार

गाडी दुर्घटना हुँदा पनौतीमा १० जना घाइते

बनेपा । विपी राजमार्ग अन्तर्गत काभ्रेको पनौतीमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०४–००१ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ पनौती नगरपालिका–५ सुन्दरबस्तीमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडी सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका २ बस्ने वर्ष ३६ का चन्द्रबहादुर भट्टराई, सिन्धुपाल्चोकको

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।‘क्रिसमस डे’का अवसरमा सरकारले आज सार्वजनिक

प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत भेटिए

काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार ४४ वर्षीय घिमिरे आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।

गाजामा संयुक्त राष्ट्रसंघका १३६ कर्मचारी मारिए

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताका छन् । गुटेरेसले विश्व संगठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका हुन् । गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् ( जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं । हाम्रा अधिकांश

नारायणगढ-मुग्लिन सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । हिजो (शनिबार) देखि बन्द भएको उक्त सडकखण्ड आज (आइतबार) पनि बन्द हुने भएको हो । पुल निर्माणको कार्य जारी रहेकोले उक्त सडकखण्ड अवरोध हुने भएको छ । हिजोदेखि बन्द सो सडकखण्ड आज दिउँसो १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन सेवा बन्द हुने बताइएको छ ।

परिणाममुखी काम गर्न मन्त्रीहरु फेर्न तयार छु: प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम नआए मन्त्रीहरु हेरफेर गर्ने बताएका छन् । उनले मन्त्रीहरु फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् । शुक्रबार मोरङको मिक्लाजुङ–५ मा नेकपा माओवादी केन्द्रको तीन महिने ‘विशेष रुमापन्तरण अभियान’ अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल एकवर्ष पुगेको बताउँदै पुस १० गते विशेष सम्बोधन गर्नेसमेत जानकारी दिए । उनले ‘त्यसपछि

टिपर दुर्घटना हुँदा पाल्पामा एकको मृत्यु, दुई जना घाइते

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बिहीबार बेलुकी रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा परी रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ भने दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्ती गम्भीर घाइते भएका छन् । उनीहरूको युनाइटेड मिसन अस्पताल

बाँके प्रहरीले गर्यो डिउटीमै ज्यान गुमाएका ओलीको परिवारलाई आर्थिक सहयोग

बाँके: स्वर्गीय प्रहरी जवान विशाल ओलीको परिवारलाई बाँकेमा कार्यरत प्रहरीहरुले आर्थिक सहयोग गरेका छन् । मंसिर २८ गते राती कोहलपुर मदन चोकमा पिकअप भ्यानको ठक्करबाट ओलीको निधन भएको थियो । मदन चोक प्रहरी विटमा डिउटीमा खटिएका ओलिलाई पुर्व पश्चिमराजमार्ग सडक खण्डको मदन चोकमा सवारी साधनले ठक्कर दिई प्रहरी जवान ओलीको निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले दुई लाख सन्ताउन्न हजार नौ सय

कुन्दन सहित रुसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ ।बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुस र युक्रेन युद्धमा परी ७ जनाको मृत्यु भएको हो । रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको उक्त मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ । रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा

राहत बोकेको ट्याक्टर रुकुम पश्चिममा दुर्घटना: ५ को मृत्यु,९ जना घाईते

रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने ९ जना घाइते भएका छन । बुधवार राती रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताईएको छ ।  बुधबार राति करिब सवा दश बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडानम्वर ८ को घर्तीगाउँतर्फ जाँदै